दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त
नेपाल प्रहरीका एआइजी दानबहादुर कार्की महानिरीक्षक (आइजीपी) नियुक्त भएका छन् ।
आज साँझ बसेको क्याविनेट बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत कार्की एआइजी वरीयताको पहिलो नम्बरमा थिए ।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा उपत्यकाको कमाण्ड सम्हालेका उनी प्रहरी संगठनमा क्षमतावान र निर्भिक अफिसरका रूपमा चिनिन्छन् । कार्कीसँग चुनौतिपूर्ण घडीमा संवेदनशील ठाउँमा कुशलतापूर्वक कमाण्ड सम्हालेको अनुभव छ ।
अहिलेका आइजीपी चन्द्रकुवेर खापुङ्ग ३० वर्षे पदावधिका कारण २७ गतेदेखि अवकाशमा जाँदैछन् । त्यसअघि आज क्याविनेटले नयाँ आइजी नियुक्त गरेको हो ।
टिप्पणीहरू