डेढ दर्जन पालिकमा प्रशासकीय अधिकृत हेरफेर
सरकारले १२ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती स्थानीय तहमा प्रशासकीय अधिकृत हेरफेर गरेको हो । सरुवा हुनेहरूमा पाँच उपसचिवसहित १४ जना अधिकृतस्तरका कर्मचारी छन् ।
उपसचिवको दरबन्दी रहेको सिन्धुपाल्चोकको बाह्रबिसे, मोरङको लेटाङ, दोलखाको भीमेश्वर, सर्लाहीको मलंगवामा सोही दर्जाका कर्मचारी पठाइएको छ ।
त्यस्तै, अधिकृतको दरबन्दी भएका सिरहाको सुखीपुर नगरपालिका र जाजरकोटको नलगाढ नगरपालिकामा प्रशासकीय अधिकृत सरुवा गरिएको छ । सुनसरीको गढी, देवानगञ्ज गाउँपालिका, नुवाकोटको किस्पाङ र मेधाङ गाउँपालिका, सर्लाहीको विष्णु, रुपन्देहीको सियारी गाउँपालिकाकामा पनि प्रशासकीय अधिकृत हेरफेर गरेको मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू