अमेरिकी दूतावासले प्रहरीसङ्ग सुरक्षा माग्यो

अमेरिकी दूतावासले प्रहरीसङ्ग सुरक्षा माग्यो

काठमाडौंस्थित अमेरिकी राजदूतावासले सुरक्षा माग्दै नेपाल प्रहरीलाई पत्र पठाएको छ । आउँदो शनिबार नक्सालस्थित होटल म्यारियटमा दूतावासले आयोजना गर्न लागेको ‘२५० औं मरिन कर्प्स बल’ कार्यक्रमका निम्ति सुरक्षा मागिएको हो । 

कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारी,कूटनीतिज्ञ र राजदूतहरुको उपस्थिति रहने जनाउँदै दूतावासले आवश्यक सुरक्षाकर्मी उपलब्ध गराइदिन प्रहरी हेडक्वार्टरसँग अनुरोध गरेको छ । 

पत्रमा भनिएको छ, ‘कार्यक्रममा विभिन्न दूतावासका राजदूत,कूटनीतिज्ञ र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु उपस्थित हुने भएकाले बलियो सुरक्षा व्यवस्थाका लागि अनुरोध छ ।’

टिप्पणीहरू