एनसेलको ११:११ अफर — ११ भाग्यशालीलाई ११ जीबी डेटा उपहार
एनसेल आजबाट आकर्षक ‘११:११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याउँदै छ। यो विशेष अफरअन्तर्गत भोलि (नोभेम्बर ११, मङ्गलबार) का दिन एनसेल एपमार्फत रु. २०० वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकहरूमध्ये ११ जना भाग्यशाली ग्राहकले ११ दिनका लागि ११ जीबी डेटा निःशुल्क पाउनेछन्।
कम्पनीका अनुसार ‘११:११ उत्सव’को अवसरमा ल्याइएको यो अफरले एनसेलका प्रिपेड प्रयोगकर्तालाई डेटामार्फत पुरस्कृत गर्ने र उनीहरूलाई विश्वव्यापी ११:११ ट्रेन्डसँग जोड्ने उद्देश्य राखेको छ।
‘वन स्टप सेल्फ–केयर एप’का रूपमा चिनिने एनसेल एपमा ग्राहकहरूले भ्वाइस र डेटा प्याक खरिद, अनलाइन रिचार्ज, बिल हेर्न, बाँकी सेवा जाँच, रोमिङ सेवा सक्रिय वा बन्द गर्न, र गिफ्टका रूपमा प्याक पठाउने सुविधा पाउँछन्। साथै, एपमा अनलाइन तथा अफलाइन गेम खेल्ने, समाचार पढ्ने र अन्य मनोरञ्जनात्मक फिचर पनि उपलब्ध छन्।
ग्राहकहरूले गुगल प्ले स्टोर वा एप स्टोरबाट एनसेल एप डाउनलोड गरी यी सबै सेवाको फाइदा लिन सक्नेछन्।
चीनबाट सुरु भएको ‘११:११’ उत्सव अहिले विश्वकै सबैभन्दा ठूलो अनलाइन किनमेल पर्वको रूपमा परिचित भइसकेको छ। फ्ल्यास डिल, आकर्षक छुट र सीमित समयका अफरका कारण यो दिन विश्वभरका उपभोक्ताबीच अत्यन्त लोकप्रिय बन्दै गएको छ।
टिप्पणीहरू