शहीदलाई सम्झिएर रोए आइजिपी कार्की
नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की बोल्दाबोल्दै रोएका छन् ।
गृह मन्त्रालयमा आज आयोजित दर्ज्यानी चिन्ह ग्रहण कार्यक्रममा उनी शहीद प्रहरी सम्झिएर भावुक भएका हुन् । आजदेखि आइजिपीको पदभार सम्हालेका कार्कीले विभिन्न घटनामा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरे ।
‘नागरिकको सेवाका क्रममा वीर गति प्राप्त गर्नुभएका सम्पूर्ण वीर अमर प्रहरीप्रति श्रद्धान्जली अर्पण गर्दछु’, आँशु पुच्छ्दै उनले भने, ‘कर्तव्य पालनको क्रममा वीर गति प्राप्त गर्नुभएका सम्पूर्ण प्रहरीको अतुलनीय योगदानको म सम्मान गर्न चाहन्छु ।’
कार्यक्रममा गृह सचिव रामेश्वर दंगालले कार्कीलाई दर्ज्यानी चिन्ह लगाइदिएका थिए । गएराती १२ बजेबाट अनिवार्य अवकासमा गएका निवर्तमान आइजिपी चन्द्र कुवेर खापुङले भने हिजै प्रधानमन्त्री र गृहमन्त्रीसँग बिदाइ भेट गरिसकेका छन् ।
टिप्पणीहरू