कुलमानमाथि एमाले महासचिवले उठाए ‘नैतिक प्रश्न’

कुलमानमाथि एमाले महासचिवले उठाए ‘नैतिक प्रश्न’

नवगठित उज्यालो नेपाल पार्टीमा सक्रियता बढाउँदै लगिरहेका ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले नैतिक प्रश्न तेर्साएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले घोषणा गरेको ‘गैरदलीय मन्त्रिमण्डल’ को मूलभावनासँग घिसिङको राजनीतिक सक्रियता मेल नखाने उनको भनाइ छ । 

नयाँ दल खोलेपछि पोखरेलले घिसिङको मन्त्री पदमै बसिरहने औचित्यमाथि नै नैतिक प्रश्न खडा भएको उल्लेख गरे । फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री सुशीला कार्कीले गैरदलीय सरकार बनाएको दाबी गर्नुहुन्छ। तर चुनावमा सहभागी हुनेगरी नयाँ दल घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?’

उनले प्रधानमन्त्रीको प्रतिबद्धता र घिसिङको पछिल्लो भूमिका परस्पर विरोधी भएको दाबी गरेका छन् । लेख्छन्, ‘यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त छैन भने अविलम्ब बिदा गर्नुपर्छ।’

ऊर्जामन्त्री घिसिङ उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएको फोटो र भिडियो सार्वजनिक भएपछि उनको चर्को आलोचना भएको हो ।
 

टिप्पणीहरू