हङकङ हुँदै विदेश जाँदा ट्रान्जिट भिसा नचाहिने

हङकङ हुँदै विदेश जाँदा ट्रान्जिट भिसा नचाहिने

चीनकाे विशेष प्रशासकीय क्षेत्र हङकङ हुँदै विश्वका विभिन्न मुलुकमा यात्रा गर्दा अबदेखि नेपालीलाई भिसा नचाइने भएको छ ।

हङकङ सरकारले भोलिदेखि लागू हुनेगरी नेपाली राहदानी वाहकले ट्रान्जिट भिसा लिनुनपर्ने नियम ल्याएको हो । ट्रान्जिट क्षेत्रभित्रै रहने शर्तमा यस्तो व्यवस्था कायम गरिएको हङकङस्थित नेपाली महावाणिज्यदूतावासले जानकारी दिएको छ । 

हङकङमा सन् २००५ देखि नेपालीले ट्रान्जिट भिसा लिनुपर्ने नियम थियो । संसारकै व्यस्तमध्येको एक हङकङ अन्तराष्ट्रिय विमानस्थल ट्रान्जिट भिसा अनिवार्य गरेका कारण नेपाली यात्रुले समस्या भोग्दै आएका थिए । यो नियम हटेसँगै नेपाली यात्रुलाई यात्रमा सहजता हुने विश्वास लिइएको छ । 

यो प्रावधानले नेपालीलाई हङकङ ट्रान्जिट भएर यात्रा गर्न प्रोत्साहन मिल्ने र दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुर्याउने विश्वास गर्दै दूतावासले सरकारको तर्फबाट धन्यवाद दिएको छ ।

टिप्पणीहरू