‘अस्तव्यस्त’ यातायात व्यवस्था विभाग
यातायात व्यवस्था विभागको सूचना प्रविधि प्रणाली अनिश्चितकालका लागि बन्द भएको छ । कात्तिक १६ गतेदेखि आंशिक रुपमा सञ्चालनमा रहेको सूचना प्रविधि प्रणाली आजदेखि पूर्ण रुपमा बन्द गरिएको छ ।
गत भदौ २४ गतेको विध्वंशमा विभागको डाटा सेन्टरमा क्षति पुगेको थियो । त्यसमा देखिएको प्राविधिक समस्याका कारण ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ सेवा र सूचना प्रविधि प्रणाली बन्द गरिएको विभागले जनाएको छ ।
‘यस विभागमा रहेको डाटा सेन्टरमा प्राविधिक समस्या देखा पर्न गएका कारण २०८२ कात्तिक १६ गतेबाट आंशिक रुपमा सञ्चालनमा रहेको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा प्रणाली मिति २०८२–०७–२८ देखि अर्को सूचना प्रकाशित नहुँदासम्म बन्द रहने...’,सूचनामा उल्लेख छ ।
जेनजी विध्वंशमा भवन ध्वस्त भएकाले विभागले हाल परिसरबाट सेवा दिइरहेको छ । भएको एउटा स्मार्ट लाइसेन्स छाप्ने मेसिन पनि जलेकोमा सुरक्षण मुद्रण केन्द्रबाट छपाईको काम शुरु गरिएको छ ।
टिप्पणीहरू