काठमाडौँ गुर्खाजले जित्यो टस, जनकपुर बोल्ट्स ब्याटिङ गर्दै
नेपाल प्रिमियर लिग (दोस्रो सिजन)को पहिलो खेलमा जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने भएको छ । टस जितेको काठमाडौँ गुर्खाजले फिल्डिङ रोजेको हो ।
करण केसी मार्की खेलाडी रहेको गुर्खाजमा रिकार्डो भास्कोन्सेलोस, जेर्हाड इरास्मस, जोन एन्ड्रिउ सिम्प्सन, सन्नी पटेललगायत विदेशी खेलाडी छन् । भने, आशिफ शेख मार्की खेलाडी रहेको बोल्ट्समा लाहिरु मिलान्था, जान निकोल लोफ्टि( इटन, लाहिरु समरकोन, वायन पर्नेलजस्ता अन्तराष्ट्रिय खेलाडी छन् ।
खेल केही बेरमा सुरु हुँदैछ । अहिले स्वयंसेवक र सुरक्षाकर्मीले धमाधम दर्शकहरुलाई चेकजाँच गर्दै रंगशाला प्रवेश गराइरहेका छन् ।
टिप्पणीहरू