एनपिएलः पहिलो खेलमै आशिफको अर्धशतक
जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले नेपाल प्रिमियर लिग (दोस्रो सिजन)को पहिलो खेलमै अर्धशतक पुरा गरेका छन् । काठमाडौँ गुर्खाजविरुद्धको खेलमा उनले ५४ रन बनाएर आउट भएका हुन् ।
कुल ४१ बल खेलेका उनले ६ वटा चौका र एक छक्का प्रहार गरे ।
टस जितेको काठमाडौँ गुर्खाजले पहिला फिल्डिङ रोजेपछि जनकपुर बोल्ट्स ब्याटिङमा उत्रिएको हो । खेल अहिले जारी छ ।
टिप्पणीहरू