काठमाडौँ गुर्खाजलाई जनकपुर बोल्ट्सले दियो १३१ रनको लक्ष्य

काठमाडौँ गुर्खाजलाई जनकपुर बोल्ट्सले दियो १३१ रनको लक्ष्य

आजदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गुर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ । 

आशिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सले ६ विकेट गुमाउँदै १३० रन बनाएको हो । 

टस हारेर पहिले ब्याटिङ गरेको बोल्ट्सको लागि आशिफले ४१ बलमा ५४ रन बनाउँदै अर्धशत पुरा गरे । त्यस्तै, मयन यादवले ३४ र लाहिरु समरकूनले २२ रन बनाएका छन् ।

टिप्पणीहरू