दुर्गा र कर्णेलवीच कल्याणले सरकार ढाल्ने कुरा

दुर्गा र कर्णेलवीच कल्याणले सरकार ढाल्ने कुरा

नेपाल प्रिमियर लिग (एनपिएल) लाई मध्यनजर गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाली सेनाका पूर्वकर्णेल माधवसुन्दर खड्काले आग्रह गरेका छन् । उनीहरूबीच आज भएको करिब ५ मीनेट लामो फोन संवाद जनआस्थाले फेला पारेको छ,जहाँ एनपिएल अवधिभर आन्दोलन नगर्न पटक-पटक आग्रह गरेको सुनिन्छ ।  

प्रसाईं नेतृत्वको 'नागरिक बचाऊ महाभियान' ले यही मङ्सिर ७ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ भने करिब एक महिनासम्म चल्ने एनपिएल आजदेखि शुरु भएको छ । नेपाली खेलकुदकै सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा हेरिएको एनपिएल आन्दोलनका कारण बिथोलिनसक्ने चिन्ता खेलप्रेमीले गरिरहेका छन् । हिजो नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि यसबारे प्रश्न उठेपछि सचिव पारस खड्काले आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए ।      

पूर्वकर्णेल खड्काले पनि प्रसाईंलाई त्यस्तै आग्रह गरेको फोन संवादमा सुनिन्छ । उनी भन्छन्, 'एनपिएल राष्ट्रिय गौरवको पर्वजस्तो छ । यो अवधिभर आन्दोलन स्थगित गरिदिनुहोला ।' तर, प्रसाईंले भने आन्दोलनलनको सबै तयारी पूरा भैसकेकाले स्थगित गर्न नसकिने आशयको जवाफ दिएका छन् । 

उनले आन्दोलन रोक्न आनाकानी गरेपछि खड्का भन्छन्, 'अन्तर्राष्ट्रिय स्तरमा नराम्रो सन्देश जान्छ । तपाईंको व्यक्तित्वमा पनि ह्रास आउन सक्छ, आन्दोलन रोके अन्तर्राष्ट्रिय चर्चामा आउँछ, त्यसैले एनपिएल अवधिभर आन्दोलन नगर्दिन मेरो बिमम्र अनुरोध छ ।'

प्रसाईंले यसमा धेरै चासो नराखेपछि कर्णेलले भन्छन्, 'एनपपिएल अवधिभर आन्दोलन नगर्ने घोषणा गर्नुभयो भने खेलाडीको पनि साथ र समर्थन जुट्छ ।' उनले पारस खड्कालाई सँगै राखेर भोलि पत्रकार सम्मेलन गरी आन्दोलन फिर्ता लिएको घोषणा गर्न सुझावसमेत दिएका छन् । 

तर,प्रसाईंले ठोस जवाफ नदिएपछि कर्णेल फुर्क्याउँदै भन्छन्, 'क्रिकेटमा गौरवपूर्ण काम गरेको छ,त्यसका लागि आन्दोलन स्थगित गर्दा सारा संसारले वाहावाही गर्छ है दुर्गा सर !' 

त्यसपछि उनीहरूबीच राजनीतिक विषयमा कुरा भएको सुनिन्छ । खड्काले आन्दोलन स्थगित गर्न आग्रह गर्दै तीन वटा पार्टीविरुद्ध एकजुट भएर लड्न प्रस्ताव राखेपछि प्रसाईं असहमत हुँदै सोध्छन्, 'यी तीनटा त हो कि अनि अहिलेको सरकार चैं के नि ?'

कर्णेलले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नै सरकार ढालिदिने बताउँछन् । 'जेनजीहरूले बनाएको सरकार हो, तर कल्याण श्रेष्ठ नै हटाउन लागिरहेका छन् । यो देश बर्बाद गर्न लागिरहेका छन्, हजुरको आन्दोलनले थप बर्वाद होला' भन्दै कुरा मोड्न खोजेको सुनिन्छ । 

'जेनजीहरूले बनाएको सरकार हो, तर कल्याण श्रेष्ठ नै हटाउन लागिरहेका छन् । यो देश बर्बाद गर्न लागिरहेका छन्, हजुरको आन्दोलनले थप बर्वाद होला' भन्दै कुरा मोड्न खोजेको सुनिन्छ ।

प्रसाईंले भने त्यसको जवाफ नदिई फेरि राजनीतिकै कुरा उठाउँछन् । 'अनि यो सरकार चैं ठीक छ त ?', उनको प्रश्नमा खड्काको जवाफ छ, 'यो सरकार त लंगडो भैसक्यो,ठीक छ भनेकै छैनौँ हामीले ।'

कर्णेलले फागुन २१ मा चुनाव नहुने दावी गर्दै वैशाखसम्म हुन्छ कि भनेको पनि संवादमा सुनिन्छ । त्यसपछि उनीहरूबीच भूराजनीतिक विषयमा कुरा हुन्छ ।  

'अमेरिकन राजदूतले गृहमन्त्रीलाई भेटेर तिब्बती शरणार्थी सुरक्षाको प्रश्न गर्छ, भारतीय राजदूतले चुनावको कुरा गर्छ,सबैभन्दा हितैषी त भारत भयो नि दुर्गा सर', खड्काले यसो भन्दा प्रसाईंले 'अनि इन्डियाले चैं के भन्छ त ?' भनेर सोधेका छन् । जवाफ आउँछ, 'इण्डियाले त चुनाव हुनुपर्छ भन्छ नि, सुरक्षाको प्रश्न छ । चाइनाले पनि हामीलाई राम्रै सोच्छ ।'

'अमेरिका के भन्छ ?' प्रसाईंको थप प्रश्नमा खड्काको जवाफ छ, 'अमेरिकाले के भन्छ भन्ने त सर्वविदितै छ नि । यो कुरा अहिले फोनबाट नभनौं । प्रसाईंले स्पष्ट हुन खोज्दै, 'चुनाव हुँदैन भन्छ हैन?', भन्दा खड्काले सहमति जनाएको सुनिन्छ । 'उनीहरुको लक्ष्य त्यही हो, ४२ प्रतिशत शान्ति सेना मङ्सिरभित्र फर्काउँदै छ । सुशीला कार्कीको सरकार लंगडो भैसक्यो', उनको जवाफ छ ।   

त्यसपछि कर्णेल खड्का फेरि पहिलेकै कुरामा फर्किंदै भन्छन्, 'आन्दोलन स्थगित गर्नुस्,अन्तराष्ट्रिय क्षेत्रमा हिरो हुनुहुन्छ ।' अन्तिममा भोलि भेटेर थप कुरा गर्नेगरी उनीहरूको संवाद टुंगिन्छ ।

 

टिप्पणीहरू