विद्यार्थी नेताद्वारा उपकुलपति कार्यालय तोडफोड

विद्यार्थी नेताद्वारा उपकुलपति कार्यालय तोडफोड

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेल मैदानमा हिजोदेखि भइरहेको एनपीएलको पास नदिएको भन्दै स्ववियु सदस्यले उपकुलपति कार्यालय तोडफोड गरेका छन् ।

त्रिवि विश्वविद्यालय क्याम्पस स्ववियु सदस्यले उपकुलपति दीपक अर्यालको कार्यालय तोडफोड गरेका हुन् । गतवर्ष झैँ यो वर्ष पनि भीआईपी पासको माग गर्दै उनीहरुले विश्वविद्यालय प्रशासनलाई दबाब दिएका हुन् ।

टिप्पणीहरू