चितवन राइनोजकाे पहिलाे जित
नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । प्रतिस्पर्धी टिम कर्णाली याक्सले १६७ रनको लक्ष्य दिएकोमा राइनोजले १९.१ ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको हो ।
कुशल मल्ल मार्की खेलाडी रहेको राइनोजको लागि रवि बोपाराले सन्तोषजनक ब्याटिङ प्रदर्शन गरे । ३५ बल खेलेका उनले तीन चौका र तीन छक्कासहित ५२ रन बनाए । त्यस्तै, दिपक बोहराले ३८ बलमा ४२ रन बनाउँदा राइनोजलाई जित निकाल्न सहज बन्यो ।
कीर्तिपुरस्थित टियु क्रिकेट रंगशालामा जारी खेलमा यसपछि विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स भिड्दैछन् ।
टिप्पणीहरू