बालेनपछि कुलमानले धोका दिएकाे आराेप
फाइल फाेटाे
बञ्चरेडाँडा ल्यान्ड फिल साइटका प्रभावित स्थानीयहरुले भोलिदेखि फोहोरका गाडीमा रोक लगाउने भएका छन् । नुवाकोटको ककनी गाउँपालिका, बेलकेटगढी नगरपालिका र धादिङको धुनिबेशी नगरपालिकाका स्थानीयले सरकारले बारम्बार ढाँट्दै आएको भन्दै फोहोर गाडी चल्न नदिने निर्णय गरेका हुन् ।
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले कात्तिक १६ गते ल्यान्ड फिल साइटमै पुगेर स्थानीयसँग १५ दिनभित्र माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । तर यसबीचमा माग सम्बोधनको लागि कुनै प्रयास नै नगरिएको स्थानीयको आरोप छ । एक स्थानीयले भने, ‘मेयर (बालेन साह)ले तीन वर्षदेखि झुलाएर धोका दिए, मन्त्रीज्यूले पनि प्रतिबद्धताअनुसार समाधान निकाल्न सक्नुभएन ।’
सडक आन्दोलनमा उत्रिनुको विकल्प नरहेको भन्दै स्थानीयले विभिन्न सवारी चालकहरुलाई समेत भोलिदेखि गाडी नल्याउन सन्देश पठाएका छन् ।
टिप्पणीहरू