मुलुकभर ‘क्लाउड डाउन’
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लाउडफेयर डाउन हुँदा लाखौँ सेवाग्राही प्रभावित भएका छन् । साँझ ६ बजेतिर क्लाउड डाउन हुँदा इन्टरनेटमा आधारित व्यवसाय मर्कामा परेको छ ।
विभिन्न सञ्चार माध्यम र कार्यालयका वेबसाइटहरु अझै पनि पूर्ण रुपले खुलेका छैनन् । क्लाउड डाउन भएको कारण वेवसाइटहरु नखुलेको दूरसञ्चार प्राधिकरणका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार कम्युटिङ प्रक्रियामा कुनै समस्या आए वा साइबर हमला भएमा क्लाउड डाउन हुने गर्दछ । अहिले प्राधिकरणले क्लाउड डाउन हुनुको कारणबारे अध्ययन गरिरहेको बताइएको छ ।
क्लाउडफेयर अमेरिकी इन्टरनेट कम्पनी हो । यसले विभिन्न देशमा नेटवर्क सेवा, साइबर सुरक्षा र रिभर्स प्रोक्सीलगायत काम गर्दै आएको छ ।
टिप्पणीहरू