शहिद दशरथ चन्दको रजिष्ट्रारका लागि १० जनाको दरखास्त स्वीकृत
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रार पदका लागि दरखास्त स्वीकृत भएको उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले १० जनाको नाम स्वीकृत गरेको हो ।
जसमा ललितपुरका चन्द्रप्रकाश भट्ट, धनुषाका प्रमोदकुमार यादव, बझाङका डबलबहादुर धामी, कञ्चनपुरका खेमराज जोशी, कैलालीका शिवप्रसाद सापकोटा, कञ्चनपुरका डमरु पनेरु, बैतडीका गोविन्द सिंह विष्ट, बाराकी शिला मैनाली, बैतडीका भिमबहादुर चन्द र कैलालीका पदमराज जोशी रहेका छन् ।
टिप्पणीहरू