नापी सर्भेक्षक र कार्यालय सहयोगीकाे खल्तीमा घुस

नापी सर्भेक्षक र कार्यालय सहयोगीकाे खल्तीमा घुस

पर्साको वीरगञ्जस्थित नापी कार्यालयका सर्भेक्षक रामप्रमोद राउत घुससहित समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले आज उनलाई घुससहित नियन्त्रणमा लिएको हो । 

आयोगका अनुसार राउतसँगै नापी टोली आदर्शनगर पानी ट्याङ्की वीरगञ्जमा कार्यरत कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय पनि समातिएका छन् । उनीहरुले छुट जग्गा दर्ता गर्नका लागि सेवाग्राहीसँग एक लाख रुपैयाँ मागेका थिए । 

सो रकम लिइसकेको अवस्थामा वीरगञ्ज महानगरपालिका–३, आदर्शनगर पानी ट्याङ्कीस्थित नापी टोलीको कार्यालयबाट आयोगको टोलीले उनीहरुलाई समातेको हो । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

टिप्पणीहरू