दुर्गा प्रसाईंलाई रिहा गर्न माग
सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको अभियोगमा प्रहरी हिरासतमा रहेका विवादास्पद मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरिएको छ ।
संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आज विज्ञप्ति जारी गर्दै प्रसाईलाई बिना शर्त रिहा गर्न माग गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘मानव अधिकारका विश्वव्यापी मान्यता अक्षरस पालना गर्न, अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण सभा सम्मेलन गर्ने प्रजातान्त्रिक अधिकार सम्मान गर्न र अभियन्ता दुर्गा प्रसाईंलाई बिना शर्त अविलम्ब रिहा गर्न सरकारको ध्यानाकर्षण गर्दछौं ।’
त्यस्तै, नागरिक स्वतन्त्रता र प्रजातान्त्रिक हक अधिकारविपरीत गरिएका असंवेदनशील कार्यबाट समाजमा असहजता सिर्जना हुनसक्ने स्मरण गराउँदै समितिले त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।
टिप्पणीहरू