जेनजी र एमाले कार्यकर्ताबीच झडप, शंकर पोखरेल यतै रोकिए
नेकपा (एमाले)का कार्यकर्ता र जेनजी युवाबीच झडप भएपछि बारामा कर्फ्यु लगाइएको छ ।
दुई समूहको झडपले थप मुडभेड निम्तिने सम्भावना बढेपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी बेलुकी ८ बजेसम्मका लागि कर्फ्यु जारी गरेका हुन् । जेव जी र एमाले कार्यकर्ताबीच झडप हुँदा अहिले सिमरा विमानस्थल आसपास क्षेत्र तनावग्रस्त बनेको छ ।
एमालेको भात्री संगठन युवा संघको कार्यक्रममा सहभागी हुन शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेत, सुमन प्याकुरेलसहितको टोली बारा आउन लागेको थाहा पाएपछि युवाहरूले सिमरा विमानस्थल घेराउ गरेका थिए । त्यसक्रममा नेताहरूको स्वागतका लागि विमानस्थल पुगेका एमाले कार्यकर्तासँग झडप भएको बताइएको छ ।

स्वागतका लागि विमानस्थल पुगेका किसान श्रेष्ठ, ज्वालाकुमारी साह र अच्युत मैनालीसहितका नेतालाई अहिले प्रहरीले भित्रै राखेर सुरक्षा दिइरहेको बुझिएको छ ।
प्रदर्शनका कारण विमानस्थ बन्द गरिएपछि उडान प्रभावित हुँदा शंकर पोखरेलसहितका नेता काठमाडौँमै रोकिएका छन् । जहाजभित्र चढिसकेकोको अवस्थामा उनीहरूलाई बाहिर निकालिएको बताइएको छ ।
एमाले कार्यकर्ता र स्थानीय युवाबीचको झडपले विमानस्थल बन्द हुँदा स्वास्थ उपचार, वैदेशिक रोजगारी र अन्य कामका लागि काठमाडौँ आउन लागेका यात्रु मर्कामा परेका छन् ।
टिप्पणीहरू