चर्चित रेडियोकर्मी दिपेन्द्र खनियाँको प्राणान्त
हास्यव्यङ्ग्य रेडियो ‘रेडियो अडियो’का मालिक दीपेन्द्र खनियाँले आफ्नै रेडियो स्टेशन भएको र फागुनमा आफैले बेचेको घरमा बिजुलीको तारले घाँटी कसेर दुखद मृत्यु बरण गरेका छन् । नयाँ बानेश्वर हाइटस्थित रेडियो भवनमा उनी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ ।
विशेषगरी हास्यव्यङ्ग्यकर्मीहरु उत्पादन गर्ने थलोको रुपमा चर्चित उक्त स्टेशनले रेडियो प्रशारणमा नयाँ शैली अपनाएको थियो । वरिष्ठ सञ्चारकर्मी गोपाल गुरागाईंका छोरीज्वाईं खनियाँ प्रारम्भमा उनै गुरागाईंको कम्युनिकेसन कर्नरमा कार्यरत थिए ।
केही समय रेडियो सगरमाथामासमेत जोडिएका उनी झण्डै दुई दशकदेखि आफ्नै रेडियो "रेडियो अडियो"मा सक्रिय हुन थाले । केही चलचित्रमा लगानी गरेका उनी पछिल्लो समय व्यवसायमा आर्थिक संकटबाट गुज्रेको प्रहरीको अनुमान छ ।
टिप्पणीहरू