एक दिनमै डेढ लाख भेटी
दोलखाको उत्तरी भागमा अवस्थित प्रसिद्ध कालिन्चोक भगवती मन्दिरमा एक दिनमै डेढ लाख रुपैयाँ भेटी उठेको छ । हिजो शनिबार पूजापाठका लागि त्यहाँ पुगेका भक्तजनले चढाएका भेटी एक लाख ५० हजार ७४५ रहेको बताइन्छ ।
मन्दिर व्यवस्थापन समितिका अनुसार धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्व बोकेको कालिन्चोक भगवती मन्दिरमा स्वदेशीसँगै विदेशी पर्यटकसमेत दर्शनका लागि जाने गरेका छन् । कालिन्चोक भगवतीलाई प्रसन्न पार्नसके मनले चिताएको कुरा पूरा हुने जनविश्वास छ ।
टिप्पणीहरू