पूर्वसभामुख महरालाई धरौटीमा छोड्न आदेश

पूर्वसभामुख महरालाई धरौटीमा छोड्न आदेश

विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा रिहा गर्न आदेश भएको छ । 

जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले २० लाख धरौटी लिएर छोड्न आदेश गरेको । 

यसअघि काठमाडौँ जिल्ला अदालतले उनलाई थुनामा पठाउन आदेश दिएको थियो । सुन तस्करीसम्बन्धी तीन वर्ष पुरानो अभियोगमा महरा कात्तिक २६ गते पक्राउ परेका थिए ।

टिप्पणीहरू