टेलिकमका लाइनमेन सधैं अनुपस्थित
नेपाल टेलिकमले लाइनमेन लुपेन्द्र राईलाई स्पष्टीकरण सोधेको छ । कम्पनीको इटहरी कार्यालयमा कार्यरत उनी लामो समयदेखि गैरहाजिर रहेपछि टेलिकमले स्पष्टीकरण सोधेको हो ।
कर्मचारी विनियमावली, २०७८ को आचरण तथा अनुशासनसम्बन्धी विनिमय १०९ पालना नगरी विनिमय १२६ ९च० ९५० उल्लङ्घन गरेको कसुरमा भविष्यमा कम्पनीको सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने रु कारणसहित राईलाई आगामी ३० दिनभित्र आफ्नो लिखित भनाइ पेश गर्न भनिएको छ । सूचनामा उल्लेख छ, ‘तपाईंलाई विभागीय कारबाही गर्नुनपर्ने कुनै आधार तथा मनासिब कारण भएमा सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा कर्मचारी प्रशासन शाखा, केन्द्रीय कार्यालयमा सम्पर्क राखी आफ्नो लिखित भनाइ पेश गर्नुहुन जानकारी गराइन्छ ।’
टेलिकमका अनुसार लाइमेन राई २०८१ भदौ ५ गतेदेखि ०८२ जेठ २० गतेसम्मको अवधिमा पटकपटक कार्यालयमा अनुपस्थित भएका थिए । पछिल्लो पटक जेठ २१ गतेदेखि उनी अनुपस्थित रहेको कम्पनीको भनाइ छ ।
टिप्पणीहरू