दर्जन बढी ठेकेदारको हातमा म्यादे पूर्जी

दर्जन बढी ठेकेदारको हातमा म्यादे पूर्जी

समयमै काम सम्पन्न नगर्ने एक दर्जन बढी निर्माण व्यवसायीलाई सरकारले स्पष्टीकरण सोधेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माणकर्तालाई सात दिनको समय दिएर लिखित स्पष्टीकरण मागेको हो । 

कालोसूचीमा राख्नु नपर्ने कारण र प्रमाणसहित स्पष्टीकरण पेश गर्न कार्यालयको निर्देशन छ । अन्यथा, कालोसूचीमा राख्न प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ । स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा लब कुश कन्स्ट्रक्सन, मनकामना कन्स्ट्रक्सन, आर्कटिक कन्स्ट्रक्सन, दीपश्री इन्जिनियरिङ, न्यू कामना–युनिभर्सल जेभी, चन्द्रसूर्य निर्माण सेवा, पम्फा निर्माण छन् । 

त्यस्तै, एमएस पुजा कन्स्ट्रक्सन, एमएस डिपी कँडेल निर्माण सेवा, पवित्रा मल्टिपल कन्स्ट्रक्सन, एमएस चित्ता एण्ड सल्लेरी एशोसिएटर्स, पिएनडि शेर्पा कन्स्ट्रक्सन र क्वालिटी सोलुसन कम्पनीलाई पनि स्पष्टीकरण सोधिएको छ ।

टिप्पणीहरू