महिला पर्वमा जौको रक्सी र खादा अनिवार्य

महिला पर्वमा जौको रक्सी र खादा अनिवार्य

चीनको सिजाङमा महिला पर्व मनाइएको छ । तिब्बती पात्रो अनुसार दसौं महिनाको १५ औं दिन वार्षिक फेरी दिवस अर्थात् ‘महिला पर्व’ मनाउने गरिन्छ । यो वर्ष उक्त पर्व गत बिहीबार परेको थियो ।

यो अवसरमा स्थानीय महिलाहरू पारम्परिक पोशाकमा सजिएर तिब्बती खादा लगाउँदै जौको रक्सीसहित ल्हासाको प्रख्यात जोखाङ मन्दिर गएका हुन् । 

सो अवसरमा महिलाहरूले तिब्बती बौद्ध धर्मकी देवी पाल्देन ल्हामोको पूजा गरेका थिए ।

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू