केपी ओलीको राजीनामा माग्दै पूर्व अखिल अध्यक्ष शंकरतिर

केपी ओलीको राजीनामा माग्दै पूर्व अखिल अध्यक्ष शंकरतिर

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडालले आगामी महाधिवेशनमा महासचिव शंकर पोखरेलको वैचारिक दिशालाई अघि बढाउन आग्रह गरेका छन् । उनले पार्टी बचाउन पोखरेलको आवश्यकता रहेको तर्कसहित सामाजिक सञ्जालमा उक्त शक्ति पदमा नभएर धारमा रहेको धारणा राखेका छन् । 

‘पार्टीलाई बचाउने शक्ति पदमा होइन,धारमा छ । शंकर पोखरेलको जस्तै स्पष्ट वैचारिक दिशा भए मात्र एमाले अडिन्छ र अघि बढ्छ’ उनको भनाइ छ । बडाल उनै हुन् जसले भदौ २३ गतेको गोलीकाण्डपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेका थिए । 

आज तपाईं बसिरहेको पद व्यक्तिगत सम्पत्ति होइन । त्यो पदको विरासत हामीजस्ता कार्यकर्ताले आफ्नो पसिना,आँसु र संघर्षबाट दिलाएका हौँ’।

सोही रात उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री पदको सम्मानका लागि पनि राजीनामा दिन अनुरोधसहित लेखे, ‘प्रधानमन्त्रीज्यू,आज तपाईं बसिरहेको पद व्यक्तिगत सम्पत्ति होइन । त्यो पदको विरासत हामीजस्ता कार्यकर्ताले आफ्नो पसिना,आँसु र संघर्षबाट दिलाएका हौँ’ उनले भनेका छन्,’अब त्यो पदको वास्तविक सम्मान गर्ने बाटो एउटै छ ,नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा गर्नुहोस्। यही कदमले मात्र तपाईंको राजनीतिक यात्रालाई जनताले मनन गर्ने र इतिहासले न्याय गर्ने छ ।’

टिप्पणीहरू