नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ ग्रहण

नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ ग्रहण

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज विशेष समारोहबीच उनलाई शपथ खुवाएका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता यादव सात राजनीतिक दलको समर्थनमा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए । 

उनलाई कांग्रेससहित जसपा, नेपाली कम्युनिष्ट पार्टी, लोसपा, जनमत पार्टीका सांसदले समर्थन जनाएका छन् । यादवले आगामी बुधबार विश्वासको मत लिने तयारी गरेका छन् । 

बिहान बसेको सत्ता गठबन्धनको बैठकले मंसिर २४ गते विश्वासको मत लिने निर्णय गरेको हो ।

टिप्पणीहरू