रास्वपाको उम्मेद्वार शुल्क २५ हजार

रास्वपाको उम्मेद्वार शुल्क २५ हजार

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेद्वार आवेदन खुलाएको छ । उम्मेद्वार छनोट समितिका संयोजक विपिनकुमार आचार्यले एउटा सूचना जारी गर्दै आजदेखि उम्मेद्वारको लागि आवेदन खुला गरिएको जानकारी दिएका हुन् । 

सूचनामा योग्यता पुगेका इच्छुकहरुलाई पार्टीको एपमार्फत आवेदन दिन भनिएको छ । आवेदन दिनको लागि २५ हजार शुल्क लाग्ने समेत जानकारी गराइएको छ । विपन्न आवेदकहरुको लागि भने विपन्नताको परिचय पत्र र सम्बन्धित पार्टी पालिका समितिको सिफारिस पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । 

रास्वपाले यसअघि समानुपातिक तर्फको उम्मेद्वारको लागि ५० हजार शुल्क तोकिसकेको छ ।
 

टिप्पणीहरू