मानव अधिकार अयोग सदस्यद्वारा राजीनामा, आन्तरिक असहयोग प्रमुख कारण
राष्ट्रिय मानव अधिकार आयोग नेपालका सदस्य किशोर (मिहिर ठाकुर) ले राजीनामा दिएका छन् । उनले ‘आन्तरिक असहयोग र नेतृत्वहीनता’ को कारण राजीनामा दिएको उल्लेख गरेका हुन् ।
अध्यक्षलाई बुझाएको पत्रमा उनले आन्तरिक असहयोग, नेतृत्वको कमजोरी र प्रशासनिक अहंकारका कारण प्रभावकारी रूपमा काम गर्न नसकेको जनाउँदै राजीनामा दिएका हुन् । सदस्य ठाकुरले आफ्नो राजीनामा अध्यक्षले स्वीकार गरेलगत्तै लागू हुने व्यहोरा लेखेका छन् ।
आयोगमा नियुक्त भएपछि पूर्ण समर्पण, इमान्दारिता र संवैधानिक म्यान्डेटअनुसार काम गरेको ठाकुरको दाबी छ । मानव अधिकार, संस्थागत विश्वसनीयता र सार्वजनिक उत्तरदायित्वलाई सधैँ प्राथमिकता दिए पनि आफ्ना निरन्तर प्रयासका बाबजुद सचिवालय र नेतृत्वबाट आवश्यक सहयोग नपाएको उनले बताए ।
‘सदस्यको भूमिकामा सफल हुन संस्थाभित्र समन्वय, आपसी सम्मान र ठोस सहयोग आवश्यक छ,‘ पत्रमा भनिएको छ, ‘तर निरन्तर असहयोग, प्रशासनिक अहंकार र आन्तरिक चुनौती समाधानमा नेतृत्वको सक्रियता नदेखिँदा आयोगको कामकारबाही र विश्वसनीयता प्रभावित भएको छ।’

आन्तरिक समस्याको समाधानमा मूल नेतृत्व जिम्मेवार रहने उनको जिकीर छ । त्यसैले आयोगमा प्रभावकारी रूपमा काम गर्न कठिन भएपछि राजीनामा दिएको बताए ।
राजीनामा स्वीकार भएपछि मिडियालाई सार्वजनिक रूपमा जानकारी गराउने उनले पत्रमा उल्लेख गर्दै मानव अधिकार संरक्षणमा आफ्नो प्रतिबद्धता जारी रहने र अन्य माध्यमबाट पनि काम गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।
टिप्पणीहरू