सल्लाघारीमा आउन ओलीको निम्तो
एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी शनिबार भक्तपुरको सल्लाघारीमा आउन निम्तो बाँडेका छन् । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुन कार्यकर्तासँगै सर्वसाधारणलाई निम्तो पठाएर उक्त आग्रह गरेका हुन् ।
ओलीले वर्तमान राजनीतिक अवस्थालाई ‘गम्भीर चुनौतीको समय’ भनेका छन् । महाधिवेशनलाई जनएकता र राष्ट्रिय स्वाभिमान प्रदर्शन गर्ने अवसरका रूपमा लिन उल्लेख गर्दै राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि देखिएको संकटमा जनशक्ति एकजुट हुनुपर्ने सन्देश दिन खोजेका छन् ।
एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोह मंसिर २७ गते दिउँसो साढे १२ बजे भक्तपुरको सल्लाघारीमा हुँदैछ । व्यापक कार्यकर्ता र जनपरिचालनको लागि पार्टीले विशेष अभियान थालेको नेताहरुले बताएका छन् ।
टिप्पणीहरू