पोखरा विमानस्थलमा पनि तानिए अधिकारी, पूर्वमन्त्रीहरुसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दाको तयारी

पोखरा विमानस्थलमा पनि तानिए अधिकारी, पूर्वमन्त्रीहरुसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दाको तयारी

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री रामशरण महत, अन्य चार जना पूर्वमन्त्रीसमेत ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ । आयोगले आजै विशेष अदालतमा मुद्दा दायर प्रक्रिया अघि बढाउन अनुसन्धान अधिकृतहरूको टोली अदालत पुगिसकेको छ ।

अस्वाभाविक लागत वृद्धि गराएका कारण राज्यले आर्थिक हानी बेहोर्नुपरेको अख्तियारको आरोप छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक रतिस चन्द्रलाल सुमन, तत्कालीन प्रोजेक्ट म्यानेजर तथा हाल निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँगै पूर्वअर्थमन्त्री रामशरण महतविरुद्ध मुद्दा दायर गर्ने तयारी छ । 

अन्य प्राविधिक तथा विभिन्न कर्मचारीसहित ५५ जनालाई मुद्दा लगाइँदैछ । अधिकारी अख्तियारले यसअघि भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणमा भएको भ्रष्टाचारमा मुद्दा दायर गरेपछि आयोगको हिरासतमा छन् ।

टिप्पणीहरू