यी हुन् पोखरा विमानस्थलको भ्रष्टाचारमा तानिएकाहरु

यी हुन् पोखरा विमानस्थलको भ्रष्टाचारमा तानिएकाहरु

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोपमा ५५ जना र एक कम्पनीविरुद्ध मुद्दा दायर गरिँदैछ । 

तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, र स्वर्गीय पोष्टबहादुर बोगटीलाई विपक्षी बनाइएको छ । तत्कालीन सचिवहरू मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मालाई प्रतिवादी बनाइएको छ । सहसचिवहरू रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्यलाई मुद्दामा प्रतिवादी बनाइएको छ ।

नागरिक उड्डययन प्राधिकरणका सदस्य ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ शेर्पा, सदस्य सचिव मदन खरेल, मुक्तिनारायण पौडेल, सूर्यप्रसाद आचार्य, मनरुप शाहीलाई पनि विपक्षी बनाइएको छ ।

नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिशचन्द्र लाल सुमन, तत्कालीन उपमहानिर्शेशक सुमन कुमार श्रेष्ठ, उपसचिव हरिबहादुर खड्कालाई पनि प्रतिवादी बनाइएको छ । उप महानिर्देशक रोशन चित्रकार, ऋषिकेश शर्मा, नारायण गिरी, उपनिर्देशक महेश कुमार बस्नेत, निर्देशक बाबुराम पौडेल, उपनिर्देशक अशोक कुमार सुवेदी, प्रबन्धक मुरारी भण्डारी, उपनिर्देशक सुवर्णराज उपाध्याय पनि तानिएका छन् । 

उक्त भ्रष्टाचारसम्बन्धी मुद्दामा समावेशी आयोगका पूर्व अध्यक्ष डा. रामकृष्ण तिमिल्सिना पनि मुछिएका छन् । सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार तिमिल्सिना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले नियुक्त गरेको तत्कालीन परामर्शदाता टोली संयोजक थिए । 

तत्कालीन प्रोजेक्ट म्यानेजर तथा हाल निलम्बित महानिर्देशक प्रदीप अधिकारी भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणमा भएको भ्रष्टाचारमा गत साता मुद्दा दायर गरेपछि आयोगको हिरासतमा छन् ।

टिप्पणीहरू