शिवाकोटीको नयाँ गीत बजारमा
गीतकार चिन्तामणि शिवाकोटीको नयाँ गीत सार्वजनिक भएको छ । उनले ‘माथि पुग्ने कोशिस गरेँ’ बोलको गीत बजारमा ल्याएका हुन् ।
जीवनका विभिन्न आयाम समेटिएको उक्त गीतमा यम बरालले स्वर दिएका छन् । कृति न्यौपानेले लय र पुरुषोत्तम सुवेदीले संगीत भरेको उक्त गीतलाई किशोर थापाले सम्पादन गरेका हुन् ।
गीतकार शिवाकोटीले यसअघि दर्जनौ गीत बजारमा ल्याइसकेका छन् । करिब ६ महिना अघि सार्वजनिक भएको ‘टाँकी फुलेको’ गीतलाई दर्शक तथा स्रोताले निकै रुचाएका थिए । उक्त गीतले युटुबमा मात्रै दुई लाखभन्दा बढी भ्युज पाएको छ । यसबाहेक शिवाकोटीको ‘हृदयकी रानी’, ‘सुम्पिदिएँ’, ‘सुगा नाच्छे पिँजडा’मा लगायतका गीत पनि चर्चित छन् ।
टिप्पणीहरू