ओलीमाथि ‘परजीवी’ र ‘पदलोलुपता’ को आरोप
पूर्व राजदूत योगेन्द्र ढकालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई स्वार्थसमूहको घेराबाट मुक्त हुन आग्रह गरेका छन्। उनले ओलीलाई सम्बोधन गर्दै लामो खुला पत्र सार्वजनिक गर्दै उनका कारण पार्टीको भविष्य ‘गम्भीर जोखिम’मा परेको चेतावनी दिएका हुन् ।
अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत ढकालका अनुसार अहिले पार्टीभित्र ‘विषालु झारपात’ झाङ्गिँदै गएको छ। ती तत्वलाई समयमै जरैदेखि उखेलेर फाल्न नसकिए पार्टी र स्वयम् ओली दुवै ‘संकटमा पर्ने’ उनको आकलन छ । ढकालले लेखेका छन्, ‘अहिले पार्टीभित्र विषालु झारपातहरू यति फैलिँदै गएका छन् कि समयमै नियन्त्रण गर्न सकिएन भने त्यसले नेकपा (एमाले) र तपाईँ दुवैलाई सिध्याउन सक्छ।’
‘गत वर्ष तपाइँको राजनीतिक जीवनकै सबैभन्दा असफल अवधि रह्यो। चरम पदलोलुपता यति सार्वजनिक भयो कि हजारौँ कार्यकर्ताको तपाईँप्रतिको विश्वास साँप–सिँढी खेलझैँ एकैचोटि पिँधमा झर्यो।’
उनले पार्टीभित्रको वातावरण ‘राजा–प्रजा’ शैलीमा रूपान्तरण हुँदै गएको टिप्पणी गर्दै नेता–कार्यकर्ता र पार्टी–जनता सम्बन्ध कमजोर बनेको उल्लेख गरेका छन्। ‘नङ–मासु वा माछा–पोखरी जस्तो सम्बन्ध हुनुपर्ने ठाउँमा अहिले वर्गको उत्पत्ति देखिन थालेको छ,’ ढकालको भनाइ छ।
ओलीलाई ‘परजीवी’ को संज्ञा दिँदै भनेका छन्, ‘नेताहरूले आफ्नो पद असुरक्षित महसुस गरेसँगै विश्वासपात्र मण्डलीको घेरा साँघुरो बनाउँदै लैजान्छन्, जसले नेतृत्व झन् परजीवीजस्ता व्यवहारमा धकेलिन्छ।’ ओलीको ‘पदलोलुपता’ पछिल्ला वर्षमा चरम रूपमा देखिएको ढकालको आरोप छ।
उनका शब्दमा, ‘गत वर्ष तपाइँको राजनीतिक जीवनकै सबैभन्दा असफल अवधि रह्यो। चरम पदलोलुपता यति सार्वजनिक भयो कि हजारौँ कार्यकर्ताको तपाईँप्रतिको विश्वास साँप–सिँढी खेलझैँ एकैचोटि पिँधमा झर्यो।’
ढकालले खुला पत्रमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रसंग पनि उठाएका छन्। भण्डारीले पार्टी सदस्यता नवीकरण गरी सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि ओलीले देखाएको व्यवहारले ‘आजीवन अध्यक्ष हुने लालसा’ स्पष्ट भएको हो ।
टिप्पणीहरू