डिश होमले ल्यायो एआई ‘खुशी’

डिश होमले ल्यायो एआई ‘खुशी’

प्रविधिमा नवीनतम अभ्यास गर्दै आएको डिश होमले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै ‘एआइ खुशी’ बजारमा ल्याएको छ । 

डिश मिडिया नेटवर्कले ग्राहकलाई नेपाली भाषामै जवाफ दिने डिश होम एआई खुशी सार्वजनिक गरेको हो । यो माध्यमबाट ग्राहकले डिजिटल सेवा छिटो र छरितो पाउने कम्पनीको विश्वास छ । 

त्यस्तै, ग्राहकलाई मान्छेको जस्तै आवाजमा निरन्तर संवादमार्फत् पुनः नवीकरण लागि सम्पर्क गर्न, विभिन्न अफर पेश गर्न तथा कुराकानीको क्रममा प्राप्त हुने प्रतिक्रिया, गुनासो र सुझाव सङ्कलन गरी ग्राहक सेवा केन्द्र समूहसम्म पुर्याउन खुशीले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । 

उक्त एआईले कुराकानीकै क्रममा ग्राहकको भावनात्मक प्रतिक्रियाको विश्लेषण गरी प्रतिवेदनसमेत तयार पार्ने कम्पनीको दावी छ । ठूलो परिमाणमा कल आउने अवस्थामा ग्राहकलाई तुरुन्त र यथार्थ जानकारी उपलब्ध गराई ग्राहक सेवालाई थप प्रभावकारी बनाउन पनि यो उपयोगी हुने बताइएको छ । 

डिश मिडिया नेटवर्कले यसअघि भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गर्दै ग्राहकलाई होटल, रेस्टुरेन्ट, रिसोर्ट, स्वास्थ्य सेवा, इलेक्ट्रोनिक सामान लगायत २०० भन्दा बढी साझेदार व्यवसायमा २५ प्रतिशतसम्म छुट पाउने सुविधा दिएको थियो । हाल टियु मैदानमा जारी नेपाल प्रिमियर लिगका सबै खेल दर्शकसमक्ष पुर्याउन ‘डिस होम गो’ एप समेत सञ्चालनमा ल्याएको छ ।
 

टिप्पणीहरू