जेल पठाउनुअघि प्रदीपलाई अस्पताल,दुर्गा दिल्लीबाट फिर्ता
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नलिन्चोक हेलिप्याड निर्माण अनियमितता प्रकरणमा बिशेष अदालतले पुर्पक्षका लागि जेल पठाउने आदेश दिएसङ्गै अस्पताल चलान गरिएको छ ।
आजै अख्तियारले निजलगायत ५५ जनामाथि पोखरा बिमानस्थल निर्माणमा झण्डै छ अर्ब तलमाथि गरेको अभियोगसहित अर्को मुद्दा दर्ता गरेको छ । यसै क्रममा प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
आएसङ्गै उनले स्वास्थ्यमा कैफियत देखिएको गुनासो राखेकोले उपचारार्थ अस्पताल लगिएको बुझिएको छ ।
उता १७ गते झापा हुँदै दिल्ली गएका दुर्गा प्रसाईं भर्खरै काठमाण्डौ ओर्लिएका छन् ।
टिप्पणीहरू