देशभरका भन्सार कार्यालयमा काम ठप्प
भन्सार एजेन्ट महासंघ नेपालको आन्दोलनका कारण मुलुकभरका भन्सार कार्यालयमा काम ठप्प भएको छ । नयाँ भन्सार ऐन २०८२ प्रति आपत्ति जनाउँदै आज देशभरका सबै भन्सार कार्यालयहरूमा ‘पेन डाउन’सहित विरोध कार्यक्रम गरिएको छ ।
महासंघका अध्यक्ष प्राचिनकुमार थैवले नयाँ ऐनमा समावेश गरिएका केही प्रावधानहरूले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता र अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमै नकारात्मक प्रभाव पारेको दाबी गरे । अस्ति वीरगञ्ज र हिजो भैरहवा भन्सार कार्यालयमा विरोध कार्यक्रम राखिएको थियो ।
आफ्ना माग पूरा नभए आजै थप आन्दोलनको कार्यक्रम घोषणा गरिएने बताइएको छ । उनीहरुले इजाजत प्राप्त भन्सार एजेन्टमार्फत मात्र मालबस्तु जाँचपास गर्ने व्यवस्था ऐनमै सुनिश्चित गर्नुपर्ने प्रमुख माग राखेका छन् ।
टिप्पणीहरू