‘बा’ को चिठ्ठी पुर्याउने जिम्मा कोमल र सुनितालाई

‘बा’ को चिठ्ठी पुर्याउने जिम्मा कोमल र सुनितालाई

नेकमा (एमाले) का दुई नेतृलाई निम्तो बाँड्न भ्याइनभ्याई छ । पूर्व सांसदद्वय कोमल वली र सुनिता बराललाई आसन्न महाधिवेशनको लागि विभिन्न नेताहरुलाई चिठ्ठी पुर्याउन धौधौ भएको हो । चिठ्ठीमा महाधिवेशन उद्घाटनमा अतिथिको रुपमा उपस्थित भइदिन निम्तो दिइएको छ । 
 
उनीहरुले नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल,नेकपा (माले)का महासचिव सिपी मैनाली,नेकपा (माओवादी)का संयोजक नेत्रविक्रम चन्द विप्लव लगायतलाई निम्तो दिइसकेका छन् । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’ भनेर सम्बोधन गर्ने उनीहरुलाई साना दलका शीर्ष नेताहरुसम्म चिठ्ठी पुर्याउने जिम्मा दिइएको बुझिएको छ । ठूला दलका शीर्ष नेतालाई चिठ्ठी पुर्याउने जिम्मेवारी भने ओलीले अरुलाई नै दिएको बताइन्छ ।

टिप्पणीहरू