गगन थापा रोल्पाबाट सिफारिस

गगन थापा रोल्पाबाट सिफारिस फाइल फाेटाे

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसका महामन्त्री गगन थापा रोल्पाबाट उम्मेदवार सिफारिस भएका छन् । 

जिल्ला कार्यसमितिको पछिल्लो बैठकले प्रत्यक्षतर्फ थापासहित प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, ज्ञानबहादुर ओली र मन्दिप सुवेदीको नामा सिफारिस गर्ने निर्णय गरेको हो । 

गगन थापा ०७४ र ०७९ को चुनावमा काठमाडौँ -४ बाट निर्वाचित भएका थिए । यसपटक उनी रोल्पाबाट सिफारिस हुनुलाई अर्थपूर्ण मानिएको छ । 

जेनजी आन्दोलनपछि पुराना पार्टीहरू शहरी क्षेत्रमा कमजोर भएको अनुमान भैरहँदा गगनलाई रोल्पाबाट उम्मेदवार सिफारिस गरिएको कतिपयको अनुमान छ । यसअघि उनी सर्लाहीबाट चुनाव लड्ने तयारीमा रहेको चर्चा थियो । 

 त्यस्तै, सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार सिफारिस भएकी छन् ।

टिप्पणीहरू