भारतीय गृहमन्त्रीका पूर्वस्वकीय काँग्रेसबाट उम्मेदवार

भारतीय गृहमन्त्रीका पूर्वस्वकीय काँग्रेसबाट उम्मेदवार

भारतीय गृहमन्त्री अमित साहका पूर्वस्वकीय सचिव सन्दिप राना आसन्न प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसबाट उम्मेदवार हुने भएका छन् । काँग्रेसले पाल्पा क्षेत्र नम्बर १ बाट उनको नाम एकल सिफारिस गरेको हो । 

राना ०७९ को निर्वाचनमा समानुपातिकतर्फकाे बन्दसूचीमा परेका थिए । यसपटक उनलाई प्रत्यक्षको टिकट दिन लागिएपछि लुम्बिनीका अन्य कांग्रेस नेताहरूले विरोध जनाउन थालेका छन् । 

रानाले चुनाव लड्ने प्रायोजनार्थ पछिल्लो समय स्थानीय विद्यालयहरुलाई सहयोग कार्यक्रमसमेत चलाइरहेको बताइन्छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग निकट सम्बन्ध बनाएका उनले भाजपा नेताहरू नेपाल आएका बेला खानपान र बसाइको व्यवस्थापन गर्दै आएका छन् । 

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले गत वैशाख तेस्राे साता नेपाल आउँदा राना सँगै देखिएका थिए । कट्टर हिन्दुवादी मानिने उनको नाम एकल सिफारिसमा परेपछि लुम्बिनी कांग्रेसभित्र असन्तुष्टि चर्किएको एक प्रदेशस्तरीय नेताले जानकारी दिए । उनका अनुसार रानालाई टिकट दिनैका लागि एकल सिफारिस गरिएको हो ।

टिप्पणीहरू