नाङ्लोको ‘क्रोइसन्ट’ मा अत्यधिक ‘ट्रान्स फ्याट’
ललितपुरको गोदावरीस्थित नाङ्लो बेकरी प्रालिमा उत्पादित ‘क्रोइसन्ट’ मा अत्यधिक ‘ट्रान्स फ्याट’ पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा बेकरीद्धारा उत्पादित ब्याच नम्बर ०१ को क्रोइसन्टमा तोकिएभन्दा बढी ट्रान्स फ्याट भेटिएको हो । विभागका अनुसार ट्रान्स फ्ल्याटको अधिकतम सीमा दुई प्रतिशत कम हुनुपर्नेमा सोभन्दा बढी फेला परेको छ ।
क्रोइसन्ट न्यूनस्तरको ठहरिएपछि विभागले बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको छ । भनिएको छ, ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) प्रावधानबमोजिम उक्त ब्याच नम्बरका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न साथै सोही दफाको उपदफा (४) बमोजिम बिक्रीवितरण नगर्न नगराउनहुन विभागीय निर्णयअनुसार यो आदेश जारी गरिएको छ ।’
ट्रान्स फ्याट अत्यधिक हानिकारक चिल्लो पदार्थ हो । यसले शरीरमा थुप्रै प्रतिकूल प्रभाव पार्छ ।
टिप्पणीहरू