प्रदेश सरकारका स्थायी संरचनामा वर्षौंदेखि अस्थायी कर्मचारी
वाममती प्रदेश सरकार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वर्षाैंदेखि अधिकांश कर्मचारी अस्थायी छन् । नवौं तहका प्रशासन प्रमुखदेखि अधिकांश अधिकृत करारमा कार्यरत छन् ।
प्रतिष्ठानमा तीन वर्ष पहिले सहायक तहका केही र लेक्चररहरु स्थायी पदपूर्ति गरिएको थियो । तर प्रदेश राजधानी रहेको स्थानमा भएको कार्यालय प्रमुख नै करार कर्मचारी हुँदा त्यसबाट कार्यसम्पादनमा कस्तो असर पर्ला ?
प्रत्येक वर्ष प्रदेश लोकसेवा बागमतीले अन्य कार्यालयमा वार्षिक कार्यतालिका प्रकाशन गरेर प्रशासन÷प्राविधिक दुवै पदमा कर्मचारी पदपूर्ति गर्दै आएको छ । तर प्रतिष्ठानले आयोगमा मागबमोजिमको पदपूर्ति नगरेको सम्बन्धमा धेरैले आश्चर्य व्यक्त गरेका छन् ।
टिप्पणीहरू