सवारी दुर्घटनामा २ को मृत्यु, ३ घाइते

सवारी दुर्घटनामा २ को मृत्यु, ३ घाइते

काभ्रेपलाञ्चोक र रुपन्देहीमा हिजो भएका सवारी दुर्घटनामा काभ्रेका २१ वर्षीय सुजन गजमेर तथा रुपन्देहीकी ५० वर्षीया प्रभावती केवटको मृत्यु भएको छ ।

काभेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ का २० वर्षीय सिजन गजमेरले चलाएको प्रदेश २–०२४ प ९१९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी दुई सय मिटर तल खोंचमा खस्दा मोटरसाइकलमा सवार गजमेरको मृत्यु भएको हो ।

मोटरसाइकल चालक सिजन भने घाइते भएको बताइएको छ । मोटरसाइकल सल्ले भुम्लु गाउँपालिका–५ जामुनीको कालो भिरस्थित सडकमा दुर्घटना भएको हो । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, रुपन्देहीको सिहारी गाउँपालिका–३ भैसाखादरस्थित भित्री सडकमा लु.२ ख ५१९२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री स्थानीय प्रभावति केवटको मृत्यु भएको छ ।

ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो भने दुर्घटनामा मृतकका छोरा ३२ वर्षीय राकेश केवट र स्थानीय परशुरराम केवटका छोरा ३ वर्षीय अनिल केवट घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि चौराहा हस्पिटल बुटवल पठाइएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

टिप्पणीहरू