सेनाको ब्यारेकमा गणतन्त्र दिवस किन सर्यो ?
अजव नेपालमा अचेल गजव देख्न पाइन्छ । गणतन्त्रको प्रतीक राष्ट्रपति अर्थात उहाँको कार्यालय रहने शीतल निवास,आज जेठ १५ गते,०६२/६३ को जनआन्दोलनपछि राजा स्वयंद्वारा पुनर्स्थापित प्रतिनिधि सभाले गणतन्त्र घोषणा गरेको दिन ।
आज बिहान टुँडिखेलको सैनिक मन्चमा यससम्बन्धी झाँकीसहितको भव्य कार्यक्रम हुनुपर्ने,सँसदमा बजेट पेश हुनुपर्ने दिन । तर,आज इतिहासमा कहिल्यै नभएको काम हुँदैछ ।
हिजोसम्म टुँडिखेलमा हुने भनिएको कार्यक्रम रातारात सारेर सैनिक मुख्यालय भद्रकाली पुर्याइएको छ । समारोहमा भाग लिन राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्रीसहित अति विशिष्ट ब्यक्तिहरु भर्खर जङ्गी अड्डा छिर्नुभएको छ ।
बजेट दिउँसो चार बजे अध्यादेशमार्फत अर्थमन्त्रीले सिँहदरवारबाट वाचन गर्ने अर्को तयारी छ । गणतन्त्रजस्तो महत्वपूर्ण कार्यक्रम टुँडिखेलजस्तो खुल्ला ठाउँ या राष्ट्रपति बस्ने शीतल निवासमा आयोजना नगरी किन सिमित घेराभित्र सेनाको ब्यारेकमा गर्न लागियो ! कारण केही खुलाइएको छैन ।
टिप्पणीहरू