केपी ओलीसँग निहुँ खोज्ने माधव नेपाल कम्युनिष्ट बिरोधी रहेको आनन्द पोखरेलको आरोप
नेकपा एमालेका नेता आनन्द पोखरेलले केपी ओलीमुक्त पार्टी भन्ने माग नाजायज रहेको बताउँदै त्यो मागले अध्यक्ष ओलीलाई निमिट्यान्न पार्न खोजिएको उल्लेख गर्नुभएको छ । उहँले उक्त कुरा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्नुभएको हो ।
उहाँले आफूहरुले माधवकुमार नेपालका सबै माग पूरा गरेको र पार्टीमा ओलीसँगै जान्न भन्नु ‘एन्टी कम्युनिष्ट’ भएको बताउनुभएको छ । पोखरेलले भन्नुभयो,‘नेपाल कम्युनिष्ट विरोधी हुनथाल्नुभएको आभाष हुँदैछ ।’
उहाँले अहिलेको सरकार सर्वोच्च अदालतले बनाएकोले ‘कू’ को संज्ञा दिँदै नेता नेपाल दक्षिणपन्थीहरुबाट संरक्षित हुनुभएको बताउनुभएको छ । उहाँको जोड छ, ‘केपी ओलीबिना कम्युनिष्ट आन्दोलन सफल हुँदैन ।’
टिप्पणीहरू