एमसीसी पास नगराउन पार्टी कार्यालय सानेपामा नाराबाजी

एमसीसी पास नगराउन पार्टी कार्यालय सानेपामा नाराबाजी

मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विरोधमा नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा नाराबाजी भएको छ ।

एमसीसी राष्ट्रघाती भएको र यसलाई पास गर्नु देश बेच्नु सरह रहेको भन्दै आज पार्टी कार्यालय भित्रै प्रदर्शन भएको हो ।एमसीसीविरुद्ध पछिल्लो समय चर्को आवाज उठिरहेको बेला अभियन्ताहरुले नाराबाजी गरेका हुन् ।

उनीहरुले एमसीसी खारेज गर, नेपाली काङ्ग्रेस मूर्दावाद,शेरबहादुर देउवा मूर्दावादलगायतका नाराहरु लगाउँदै ज्ञापन पत्रसमेत बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउँदै राष्ट्रघाती कदम नचाल्न सरकारलाई आग्रहसमेत गरेका छन् ।

टिप्पणीहरू