दरबारमार्गमा एमसीसी सम्झौताको चर्चा
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीबारे आज काठमाडौंको दरबारमार्गमा छलफल शुरु भएको छ । होटल उडल्यान्डमा एमसीसी परियोजना विषयक अन्तरक्रिया कार्यक्रम शुरु भएको हो ।
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी सदस्य लीलामणि पोखरेल, नेकपा माओवादी पार्टी (विप्लव) केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर,एमसीसी खारेज अभियानका संयोजक नारायण शर्मा र अखिल (क्रान्तिकारी) केन्द्रीय समितिका अध्यक्ष हरिकृष्ण गजुरेललगायतको उपस्थिति रहेको छ ।
टिप्पणीहरू