यस्तो लक्षण देखिए ‘डेल्टा भेरियन्ट’

यस्तो लक्षण देखिए ‘डेल्टा भेरियन्ट’

कोरोना महामारीको तेस्रो लहरको चर्चा चलिरहँदा कतिपय संक्रमितमा शरीर दुख्ने, थाकेको र असहज महसुस हुने, टाउको र मांसपेशी दुख्ने, पखाला लाग्ने, नाक बन्द हुने, बान्ता हुने र घाँटी दुख्ने जस्ता लक्षणहरु देखिएका छन् । रुघाखोकी नलागे पनि फोक्सोमा संक्रमण भइहाल्ने अवस्था डेल्टा भेरियन्टको प्रमुख कारण रहेको बताइन्छ ।

नयाँ लक्षणहरु पत्ता लाग्दै गर्दा अस्ट्रेलियास्थित महामारीविज्ञ प्रोफेसर रैना मसिनटायरले विश्वका अधिकांश मानिसमा अझै हात धुने र स्यानिटाइजर प्रयोग गर्ने मानसिकता प्रमुख रहेको बताउनुभएको छ । उहाँका अनुसार नयाँ भेरियण्टको प्रकृतिअनुसार त्यसबाट जोगिन आफूले फेर्ने स्वासमा ध्यान दिनुपर्ने भएको छ ।

प्रोफेसर रैनाले भेन्टिलेसन नभएको ठाउँमा बस्दा त्यहाँ कोरोनाको संक्रमण भइसकेका व्यक्ति आउजाउ गर्दा उसले फेरेको स्वासबाट कोरोना सजिलै अरुमा सर्न सक्ने जानकारी दिनुभएको छ ।

त्यस्तै कोरोना भाइरस १६ घण्टासम्म हावामा तैरिने हुँदा कोठामा भेन्टिलेसन अनिवार्य रहेको उहाँले बताउनुभएको छ । त्यसैले सवारी साधनमा होओस् वा घर अथवा कार्यालयमा झ्याल सँधै खुल्ला राख्नुपर्ने र मास्क अनिवार्य प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

टिप्पणीहरू