पैसा कसले पाउने, कति पाउने ?
सिन्धुपाल्चोक– ठूलोपाखर गाविस– ६ निवासी श्यामसुन्दर केसीलाई मिति २०५९।८।५ गते माओवादी कार्यकर्ताले सुराकीको आरोपमा कुटपिट गरी अंगभंग बनाएकाले एक लाख रुपैयाँ क्षतिपूर्ति दिने ।
बारा– बैरिया गाविस– ८ बस्ने रामबाबु सहनीलाई २०६६।११।२२ गते प्रहरीले नियन्त्रणमा लिइसकेपछि गोली हानी हत्या गरेकाले पीडित परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने र घटनामा संलग्न प्रनाउ सुरेन्द्र केसी र प्रहरी सहायक निरीक्षक धर्मेन्द्र सिंहलाई कारवाही गर्ने ।
पाँचथर– भारपा गाविस– ८ बस्ने मोहन श्रेष्ठले मेअ१ख ७६९९ नम्बरको ट्रक चलाएर काबेलीतर्फ गइरहेको बेला जबर्जस्ती सुरक्षाकर्मीहरु बसेको र नागी गाविसको– ८ मा पुग्दा माओवादीहरुले थापेको विद्युतीय धरापमा परी श्रेष्ठको मृत्यु हुनुका साथै ट्रक पूर्ण रुपमा क्षति भएकाले छानबिन गरी क्षतिपूर्तिबापत ९ लाख १६ हजार ५ सय रुपैयाँ निकासा दिने ।
कैलाली– खैराला गाविस– ८ बस्ने जयबहादुर समै मगर, सोही स्थानका हरिमान भुल, मोहन्याल– १ बस्ने कृष्ण भुल,– ६ का गगनबहादुर थापा र– ९ का लालबहादुर सिंजाली गरी जम्मा ५ जनालाई मिति २०६०।७।१४ गते खेतमा काम गरिरहेको अवस्थामा गस्तीमा आएको सैनिक टोलीले गोली हानी हत्या गरेकाले जनही ३ लाख रुपैया“ क्षतिपूर्ति उपलब्ध गराउने ।
धनुषा– हठीपुर हडबाडा १ बस्ने अजय मण्डललाई मिति २०६६।३।१४ गते नेपाल प्रहरीले पक्राउ गरी भुतही पर्टेवा गाविस– ९ स्थित पुरनदाहामा गोली हानी हत्या गरेकाले ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने ।
कपिलवस्तु– वीरपुर गाविस– ९ का किरण पौडेललाई कथित प्रतिकार समितिका मानिसहरुले मिति २०६२।१।३० गते राति ९ बजेतिर गोली हानी हत्या गरेकोमा एक लाख रुपैयाँ क्षतिपूर्ति पाइसकेकाले थप २ लाख रुपैयाँ उपलब्ध गराउने ।
रुकुम– आठवीसकोट गाविस– ६ निवासी डिल्लीबहादुर बिष्टलाई अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय रुकुमको हिरासतमा राखिएकोमा मिति २०७०।२।८ गते हिरासतमै आफ्नै कम्मरमा बाँधेको सलले पासो लगाई आत्महत्या गरेको घटना छानबिन गर्दा असावधानी र लापरवाही भएको पाइएको र पीडित परिवारले २५ हजार रुपैयाँ क्षतिपूर्ति पाइसकेकाले थप २ लाख ७५ हजार उपलब्ध गराउने ।
खोटाङ– मात्तिमविर्ता गाविस– १ घर भएकी सृजना भन्ने चन्द्रकला अधिकारीलाई मिति २०६१।६।१० गते सुरक्षाकर्मीले समाती सिन्धुली जिल्लामा हत्या गरेकाले संलग्न दोषीको पहिचान गरी कानुनबमोजिम कारवाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने ।
सुनसरी– पूर्वकुसाहा गाविस– ६ बस्ने बसन्ती उरावलाई पूर्वाञ्चल स्वास्थ्य सेवा निर्देशनालय धनकुटाले च.नं. ९१७ मिति २०६९।११।१६ गते जनस्वास्थ्य कार्यालय सुनसरीअन्तर्गत पदस्थापना हुने गरी ल्याब असिस्टेन्ट पदमा अस्थायी नियुक्ति दिई मिति २०६९।११।२१ गतेदेखि २०७०।०२।२८ गतेसम्म इनरुवा अस्पतालमा काम गराई तलब नदिएको पाइएकाले उक्त अवधिको तलब उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने ।
पाँचथर– भारपा गाविस– ७ बस्ने खगेन्द्र योङयालाई मिति २०६१।१२।१२ गते कालापानी नागी भन्ने ठाउँमा गोली हानी हत्या गरेकाले आवश्यक कारवाही गरी पाऊँ भनी दर्ता हुन आएको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निजलाई उक्त दिन जोरपोखरीस्थित संयुक्त सुरक्षा फौजको बेसक्याम्पबाट गएको गस्ती टोलीले हत्या गरेको र परिवारले रु. ५ लाख क्षतिपूर्ति।राहतबापत रकमसमेत प्राप्त गरिसकेको पाइँदा क्षतिपूर्तितर्फ केही गरिरहन परेन । हत्यामा संलग्न दोषी सुरक्षाकर्मीलाई कानुनबमोजिम कारवाही गर्ने । तीन महिनाभित्र जानकारी दिनू भनिएकोमा ४ महिना भइसकेको ।
इलाम– कन्याम गाविस– ४ बस्ने रामबहादुर बोहराको घरमा माओवादी पार्टीका व्यक्तिहरुले चन्दा मागेकोमा नदिएका कारण मिति २०६२।८।२३ गते परिवारका सबै सदस्यलाई बाहिर निकाली ताला लगाइदिएकोले अन्याय भएको, न्याय दिलाइपाऊँ भनी दर्ता हुन आएको उजुरीका सम्बन्धमा अनुसन्धान गर्दा निजको जिकिर स्थापित भएको तर कहीं कतैबाट कुनै पनि किसिमको राहत नपाएको समेत देखिँदा निजको परिवारलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिन सरकारलाई सिफारिस गर्ने ।
कपिलवस्तु– हरदौना गाविस– ८ का अकबाल मुसलमानको घरमा २०६१।११।११ गते प्रतिकार समितिका मान्छेहरुले सम्पत्ति लुटपाट गरेर आगो लगाई सम्पूर्ण सामान जलाएको र दुई जना (लौटु चौहान र अयोध्या चौहान) लाई नियन्त्रणमा लिई हत्या गरेकाले दोषीलाई कानुनबमोजिम कारवाही गरी मृतकका परिवारलाई प्रतिपरिवार ३ लाख रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराउन, मृतकका आश्रित छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्न र लुटपाट तथा आगजनी भएको सम्पत्तिको उचित मूल्यांकन गरी क्षतिपूर्ति दिन सिफारिस गर्ने ।
नवलपरासी– रामनगर गाविस– १ भूमही बस्ने नित्यानन्द पोखरेललाई २०५९।५।२६ गते माओवादीका ८।१० जना कार्यकर्ता आई पत्रिका पढिरहेको अवस्थामा गोली र धारिलो हतियार प्रहार गरी हत्या गरेको र पीडित परिवारले क्षतिपूर्तिबापत ७५ हजार रुपैयाँ लिइसकेकाले थप २ लाख २५ हजार रुपैयाँ उपलब्ध गराउने ।
काठमाडौं– संविधानको प्रारम्भिक मस्यौदामा दलितका अधिकारहरु नसमेटिएको भन्दै २०७२।४।१९ गते बिजुलीबजारमा शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा कार्यक्रम शुरु हुनुअगाडि नै डिएसपी दानबहादुर कार्की र रेवती ढकालसमेतले नेतृत्व गरेको प्रहरीबाट लाठी प्रहार हुँदा कमलादेवी हिमचुरी, गणेश विक, पूर्वसांसद विनोद पहाडीसमेतका व्यक्तिहरु घाइते भएकाले उपचार खर्च उपलब्ध गराउन सरकारलाई लेखी पठाउने ।
लमजुङ– सूर्यपाल गाविस– ४ बस्ने कृष्णबहादुर थापालाई २०६१।८।२३ गते बिहान अन्दाजी ६.१५ मा एक–डेढ सय जना सुरक्षाकर्मीहरु हतियारसहित आई घरैबाट पक्राउ गरी लगेर सोही दिन भोर्लेटारको हलेसी भन्ने ठाउँमा गोली हानी हत्या गरेकाले दोषीलाई कारवाही र पीडित परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने ।
ललितपुर– २०५९।७।१० गते तत्कालीन नेकपा माओवादी कार्यकर्ता रामकुमार स्याङतानको नेतृत्वमा आएको ४।५ जनाको टोलीले कालेश्वर– ७ निवासी माणिकलाल वाइबालाई आफ्नै घरबाट अपहरण गरी घरदेखि लगभग १० मिनेट पर घट्टेखोला भन्ने टाउँमा घाँटी रेटेर हत्या गरेकोमा पीडित परिवारले १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पाइसकेकाले थप १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने । रामकुमार स्याङतान, कालेश्वर गाविस– ७ बस्ने रामहरि तिमल्सिना,– ३ बस्ने राजन तिमल्सिना,– ७ बस्ने जुमानसिंह स्याङतान, कुमारी मोक्तान, नवीन भन्ने फणिन्द्र देवकोटासमेतलाई कानुनबमोजिम कारवाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने ।
दोलखा– चिलंखा गाविस– ९ का मोहनविक्रम थापाको घरमा मिति २०६१।१।२६ गते नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरी क्षति पु¥याएकाले कानुनबमोजिम मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने र त्यसको जानकारी आयोगलाई दिने ।
कपिलवस्तु– फुलिका गाविस– ३, ठूलो खैराटी बस्ने ३ वर्षीय मञ्जित बरई, ५ वर्षीया सोनु बरई र १७ वर्षीया भगवती बरईमाथि आफ्नै घरमा बसिरहेको बेला २०६२।२।१८ गते प्रतिकार समूहका मान्छेले आक्रमण गर्दा मञ्जितको घटनास्थलमै मृत्यु भएकाले परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सिफारिस गर्ने । ठूलो नन्दनगर– ९, मौजा मदरगढ कालिका मन्दिर बस्ने नेत्रलाल भट्टराईलाई मिति २०६१।११।१२ गते बजार गर्न लबनी चौराहामा गएको बेला प्रतिकार समूहका मानिसले हत्या गरेको र सोको भोलिपल्ट मिति २०६१।११।१३ गते घरमा भएको धनमाल लुटपाट गरी आगोसमेत लगाई क्षति पु¥याएकाले भट्टराईका पीडित परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिन र लुटपाट, तोडफोड तथा आगजनीबाट क्षति भएको सम्पत्तिको उचित मूल्यांकन गरी क्षतिपूर्ति दिन सिफारिस गर्ने । कपिलवस्तुकै बलरामपुर गाविस–८ बस्ने राधेश्याम कुर्मी, महाराजगञ्ज गाविस–९ बस्ने चिग्गल पासी र मैन्टुल पासीलाई आफ्नै घरमा बसिरहेको अवस्थामा मिति २०६२।२।२७ गते प्रतिकार समितिका मानिसले नियन्त्रणमा लिई हत्या गरेकाले तीनै जनाको परिवारलाई जनही ३ लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउने ।
पाल्पा– गोठादी गाविस–१, सातपोखरी बस्ने सम्मरबहादुर विकको ५ वर्षीय छोरा सन्तोषको मिति २०६८।३।२८ गते दिउँसो आफ्नै घरको आँगनमा दिदीसँग खेलिरहेको अवस्थामा तत्कालीन शाही नेपाली सेना र माओवादीबीच भिडन्त हुँदा सुरक्षाकर्मीको गोली लागी घटनास्थलमै मृत्यु भएकाले पीडित परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिन र दोषी पहिचान गरी कानुनबमोजिम कारवाही गर्न सिफारिस गर्ने ।
कञ्चनपुर– त्रिभुवनवस्ती गाविस– ३ (ङ) बस्ने १५ वर्षीय मानबहादुर विकलाई २०६०।७।०४ गते दीपावलीको सामान ल्याउन सिमानाको बजार गएको अवस्थामा माओवादी कार्यकर्ताले अपहरण गरी लगेर कालिका गाविसको टिम्बर कर्पोरेसन फिल्डमा खुकुरी प्रहार गरी हत्या गरेकाले पीडितलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने ।
जुम्ला– तातोपानी गाविस– ६ बस्ने २० वर्षीय हरिहर बुढालाई २०५८।१२।२७ गते बिहान अन्दाजी १० बजे सदरमुकामस्थित तत्कालीन शाही नेपाली सेनाको गुल्मबाट खटिएका सेना र प्रहरीसहितको गस्ती टोलीले तातोपानी लिताकोटबाट पक्राउ गरी बुदबुदी खोलामा गोली हानी हत्या गरेकाले पीडित परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्तिबापत उपलब्ध गराउने ।
बाँके– बनकटवा गाविस– ४ घर भई प्रभात माविमा अध्यापन गर्ने कमल दाहाललाई मिति २०५८।९।१७ गते विद्यालय परिसरबाट भीमकाली गुल्म चिसापानी ब्यरेकका सहसेनानी (क्याप्टेन) रमेश स्वाँरको टोलीले पक्राउ गरी लगेर गोली हानी हत्या गरेकाले निजहरुलाई कानुनबमोजिम कारवाही गर्न र पीडित परिवारलाई ३ लाख क्षतिपूर्ति दिन सिफारिस गर्ने ।
कास्की– भाचोक गाविस– ७, मकैखोला निवासी १७ वर्षीय कुमार परियारलाई माओवादी कार्यकर्ताले नियन्त्रणमा लिई मिति २०६३ भदौ २६ गते लमजुङ जिल्लामा हत्या गरेकाले पीडित परिवारलाई ३ लाख क्षतिपूर्ति दिन सिफारिस गर्ने ।
मकवानपुर– छतिवन गाविस– ४ बस्ने पूर्वसैनिक नरबहादुर खत्रीलाई २०६०।१२।१६ गते नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरी २०६१।१।३ गते हत्या गरेकाले मृतक परिवारलाई रु. ३ लाख क्षतिपूर्ति उपलब्ध गराउने ।
दोलखा– नाम्दु गाविस–३ का टिकाप्रसाद ढुंगेलको २०६१।०५।१२ गते जिरी जाने सडकको त्रियासी गोलाई भन्ने स्थानमा माओवादी कार्यकर्ताले थापेको एम्बुस विष्फोट हुँदा छर्रा लागी मृत्यु भएकाले ३ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने । लामिडाँडा–२ बस्ने जगतबहादुर कार्कीलाई २०६०।०७।२२ गते माओवादी कार्यकर्ताले कब्जामा लिई ४ दिनसम्म राखी हात पछाडि बाँधेर फलामको पाइपले कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिएको र हालसम्म पनि आँखा र कानमा समस्या रहेको हुँदा २ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने । मालु गाविस– ५ बस्ने शिवहरि पाखरेललाई २०५६।११।९ गते नेकपा माओवादीका कार्यकर्ताले निर्ममतापूर्वक कुटपिट गरी सख्त घाइते बनाएको, जसका कारण अपांगसमेत भएकाले पीडितलाई रु. १ लाख क्षतिपूर्ति उपलब्ध गराउने ।
काठमाडौं– डिल्लीबजार घर भई नेपालगञ्जस्थित ह्युमपाइप उद्योग सञ्चालनमा संलग्न रहनुभएका मामराज अग्रवाललाई मिति २०५९।५।१७ गते चिसापानी ब्यारेकका सेनाले सोधपुछका लागि लिएर गएकोमा ८ महिनासम्म गैरकानुनी थुनामा राखिएको देखिएकाले एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गर्ने ।
भक्तपुर– ताथली गाविस–३ बस्ने केशव थापालाई भूपू सैनिक टेकबहादुर अधिकारीसँगको लेनदेनको विषयमा सिंहनाथ गण सूर्यविनायकमा बोलाई निर्मम कुटपिट गरिएकाले १ लाख क्षतिपूर्ति उपलब्ध गराउने ।
डडेल्धुरा– जोगबुढा गाविस– १, मजापानी बस्ने रामसिंह धामीलाई आतंकवादीको आरोपमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सुरक्षाकर्मीले २०५९।९।१४ गते पक्राउ गरी विभिन्न मितिमा पटक–पटक बिनापुर्जी हिरासतमा राखेर यातना दिएकाले १ लाख रुपैयाँ क्षतिपूर्ति दिन सिफारिस गर्ने ।
नवलपरासी– कुमारवर्ती गाविस– १, गौर्सदी घर भई ललितपुर नपा– ३ मा बस्दै आएका कुवेरजंग रायमाझी र निजको परिवारको पुख्र्यौली सम्पत्ति, गरगहनासमेत कब्जा गरी लुटेको र नम्बरी जग्गामा रोपेर हुर्काएको सिसौको रुखसमेत २०६३ मंसिरमा कटान गरी लगेकाले लुटिएको सम्पत्ति मूल्यांकन गरी प्रचलित मूल्यमा क्षतिपूर्ति उपलब्ध गराउने । आयोगबाट ठहर भएबमोजिम निर्णयको कार्यान्वयन गरी तीन महिनाभित्र सोको जानकारी आयोगलाई उपलब्ध गराउने ।
काभ्रे– नेपाल मजदुर किसान पार्टीको आयोजनामा २०६१।१२।२५ गते बनेपामा भएको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले हस्तक्षेप गरी नेपाल क्रान्तिकारी किसान संघ केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका पूर्वप्रमुख ज्ञानबहादुर न्याइँच्याइँलाई पक्रेको र चौकीमा कुटपिटबाट टाउकोमा गहिरो चोट लागेको, निजको मृत्यु भइसकेकाले परिवारलाई ५० हजार क्षतिपूर्ति उपलब्ध गराउने ।
कपिलवस्तु– खुरहुरिया गाविस– ४ निवासी अश्विनीकुमार चाईको घरमा मिति २०६१।११।२५ गतेका दिन माओवादी कार्यकर्ताले घेरा हाली पाँच दाजुभाइलाई अपहरण गर्न लाग्दा सोही समयमा सेना आइपुगेकाले छोडी भागे, ततपश्चात डर र त्रासका कारण सपरिवार विस्थापित भएको र सोही दिन माओवादीले घरको ताल्चा फोडी सम्पूर्ण धनसम्पत्ति लुटपाट गरेकाले क्षतिको मूल्यांकन गरी प्रचलित मूल्यमा क्षतिपूर्ति दिन सिफारिस गर्ने ।
पाल्पा– सत्यवती गाविस–२ बस्ने धनबहादुर घिमिरे रुपन्देहीको सालझण्डीबाट आफ्नो घर गइरहेको बेला माओवादी कार्यकर्ताले अपहरण गरी शारीरिक तथा मानसिक यातना दिएकाले १ लाख क्षतिपूर्ति उपलब्ध गराउने ।
दार्चुला– प्रावि तहका शिक्षक एवं नेपाल शिक्षक संघका सदस्य दिवाकर पाललाई करिब १५।२० जनाको संख्यामा आएका सशस्त्र माओवादीले अपहरण गरी ६८ दिनसम्म कब्जामा राखेर शारीरिक तथा मानसिक यातना दिएकाले एक लाख रुपैयाँ क्षतिपूर्ति दिन सिफारिस गर्ने ।
सुनसरी– इनरुवा, बलाहा बस्ने जीवनाथ घिमिरेलाई २०६२।२।११ गते आत्मसमर्पण गरी हात उठाइसकेपछि सुरक्षाकर्मीले गोली हानी मारेकाले दोषीमाथि कारवाही र पीडित परिवारलाई रु. ३ लाख क्षतिपूर्ति दिने ।
कैलाली– फूलबारी गाविस– १ बस्ने हरिप्रसाद अधिकारीको घरमा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले २०५९।२।२५ र २०६१।९।७ मा लुटपाट गरेकाले प्रचलित मूल्यमा मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई सिफारिस गर्ने । खैराला गाविस– ५ बस्ने लक्षीराम हमाललाई माओवादी कार्यकर्ता सन्तोषसमेतले कुटपिट गरेको हुनाले पीडितलाई रु. ५० हजार क्षतिपूर्ति उपलब्ध गराउने । मसुरिया गाविस– १, अण्डैया बस्ने मीनबहादुर मल्ललाई सुरक्षाकर्मीले घरमा सुतिरहेको अवस्थामा पक्राउ गरी कुटपिट तथा यातना दिएकाले रु. २५ हजार क्षतिपूर्ति दिने ।
अछाम– लुङ गाविस– ४ बस्ने विद्यार्थी गणेशकुमार खड्कालाई कोहलपुर बाँकेका सशस्त्र प्रहरीले पक्राउ गरी गैरकानुनी थुनामा राखेकोले एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने ।
जुम्ला– विभिन्न विद्यालयमा कार्यरत १४० भन्दा बढी परिचरले लामो समयदेखि सेवा गरिरहेको तर श्रमअनुसारको पारिश्रमिक नपाएकाले प्रचलित दररेटअनुसार हालसम्मको एकमुष्ट रकम उपलब्ध गराउने ।
पाँचथर– तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष तथा पूर्वमन्त्री पदमसुन्दर लावतीको यासोक गाविस–३ स्थित घरमा माओवादी कार्यकर्ताले आगजनी गरी पुरातात्विक महत्वका सामानहरु नष्ट गरेकाले हालको प्रचलित मूल्यमा मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन तथा दोषी पहिचान गरी कारवाही गर्न सरकारलाई सिफारिस गर्ने ।
बारा– देवापुरटेटा निवासी श्यामकिशोर यादवलाई सोही स्थानका शिक्षक सियाराम यादवको हत्या भएको विषयमा निजका आफन्तले कुटपिट गरी हत्या गरेकाले सियाराम र श्यामकिशोरका कानुनबमोजिमको हकवालालाई जनही रु. ३ लाख क्षतिपूर्ति उपलब्ध गराउने । इनर्वामाल– ६ बस्ने अनिलकुमार प्रियदर्शीको घरजग्गा माओवादी कार्यकर्ताले कब्जा गरी विस्थापित गराएकाले सम्पत्तिको प्राविधिक मूल्यांकन गरी उचित क्षतिपूर्ति उपलब्ध गराउने र लुटपाटमा संलग्नलाई कानुनबमोजिम कारवाहीको सिफारिस गर्ने । पिपरा घर भएका टीका नेपाल दाहालसमेतलाई सुरक्षाकर्मीले २०६०।६।१८ मा आफ्नै घरबाट पक्राउ गरी बेपत्ता बनाएको र २०६१।१।१७ गते लालगाउँअन्तर्गत भालुखोला इलाकामा सुरक्षाकर्मीको कारवाहीमा मृत्यु भएको पाइएकाले निजका हकवालालाई रु. ३ लाख क्षतिपूर्ति उपलब्ध गराउने ।
झापा– विर्ता बजार बस्ने देवेन्द्रप्रसाद वैष्य (सोनी) लाई डा. सिके राउतको विषयलाई लिएर २०७१।६।१८ गतेको पूर्व बन्द कार्यक्रमको प्रचारमा २०७१।६।१६ गते बिहान ७ बजे पर्चा टाँस्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय विर्तामोडबाट खटिएका प्रहरीले पक्राउ गरी ४ दिन हिरासतमा राखेकाले प्रत्येक दिनको ५ सयका दरले क्षतिपूर्ति उपलब्ध गराउने ।
बर्दिया– राजापुर नपा– ६ बस्ने गयाप्रसाद चौधरीलाई २०६०।९।२ गते संयुक्त सुरक्षाफौजले पक्राउ गरी यातना दिएकाले पीडितलाई रु. १ लाख क्षतिपूर्ति उपलब्ध गराउने ।
मोरङ– सिजुवा गाविस– ३ मा चिया पसल गरी बस्ने ५७ वर्षीय मधु ताजपुरियालाई इलाका प्रहरी कार्यालय सिजुवा मोरङले ०७१।७।७ गते दिउँसो ४ बजे निजको घरनजिकै सञ्चालित ओम शान्ति धार्मिक कार्यक्रम स्थलबाट पक्राउ गरी हिरासतमा राखेको अवस्थामा बिरामी परी निजको अवस्था गम्भीर भएर उपचारका लागि कोशी अञ्चल अस्पताल लैजाँदै गर्दा मृत्यु भएकाले हकवालालाई रु. ३ लाख क्षतिपूर्ति उपलब्ध गराउने ।
काठमाडांै– कामनपा– १७, भुरुङखेल डेरा गरी बस्ने ३० वर्षीय राज परियार र सोही घरमा डेरा गरी बस्ने नीरु नेपालीबीच २०७४।१०।८ गते वादविवाद, झै–झगडा भएकोमा प्राप्त सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेबाट खटिएका प्रहरीहरुले पक्राउ गरी लगेकोमा प्रहरीले गरेको कुटपिटका कारण घाइते भएको र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेको, कुटपिटका कारण स्पाइनल इन्जुरी भई कम्मरमुनिका भाग नचल्ने भएको र आर्थिक अवस्था कमजोर देखिएकाले निजलाई जे जो उपचार गर्नुपर्ने हो, सोको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने गरी निःशुल्क उपचारका लागि तुरुन्त व्यवस्था गर्न सरकारलाई आदेश दिने । आदेश तुरुन्त कार्यान्वयन गरी आयोगलाई जानकारी गराउने ।
(बाँकी आगामी अंकमा)
टिप्पणीहरू